Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

उम्मेदवारी दर्ता पछि नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्छु’


 राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताए ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भने, ‘निर्वाचित भएमा जनताले अनुभुती गर्ने गरी काम गर्नेछु ।’

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार