Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

नेपाल बन्द गर्ने दुर्गा प्रसाईको घोषणा ( पत्रकार सम्मेलनको भिडियो सहित )


दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर अभियानले नेपाल बन्द सहितका कार्यक्रम घोषणा गरेको हो । चैत्र २४ गतेदेखि अनिश्चितकालिन नेपाल बन्द गर्ने अभियानका संयोजक दुर्गा प्रसाईँले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आफूहरुका विभिन्न १६ बुँदे माग सम्बोधन गरिनुपर्ने बताउँदै उनले नेपाल बन्द रहर नभई बाध्यता भएको बताए ।

अबदेखि हरेक शनिबार दिनको एक बजेबाट माइतिघर मण्डलादेखि बानेश्वर चोकसम्म जुलुस गर्दै बानेश्वर चोकमा कोणसभा गर्ने उनको भनाई छ । चैत्र १ देखि १९ गतेसम्म देशका विभिन्न सहरमा कोणसभालाई जारी राख्ने बताउँदै उनले १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको संगठन निर्माण गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार