स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन घोषणा भएसँगै सबैजसो विश्व विश्वविद्यालय एवं आंगिक क्याम्पसहरुमा विद्यार्थी संगठनका गतिविधि तीब्र भएका छन् ।
विद्यार्थी संगठनहरु ५ चैत्रमा हुने भनिएको स्ववियुको चुनावको तयारीमा जुटेसँगै गविविधिहरु तीब्र भएका हुन् । अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएको त्रिभुवन विश्वविद्यालय समेत रहेको काठमाडौं उपत्यकामा स्ववियु निर्वाचनको अझ बढी चर्चा हुने गर्छ ।
स्ववियुकै कै कारण उपत्यकाका अधिकांश क्याम्पसहरु सँधै चर्चामा रहने गर्छन् । जस्तै, त्रिचन्द्र, शंकरदेव, अमृत साइन्स, आरआर, पद्मकन्या, पाटन, जनप्रशासन आदि क्याम्पसहरु स्ववियुकै कारण चर्चामा रहन्छन् । जहाँबाट राजनीति गरेका युवाहरु अक्सर अहिले मूलधारको राजनीतिमा छन् र पछिल्लो समय आफुलाई अब्बल बनाएको र चिनाएको क्याम्पस हो, बानेश्वर बहुमुखी क्याम्पस । जहाँ यो पल्टको स्ववियु निर्वाचन रोचक हुने देखिन्छ । त्यही क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको मुख्य दाबेदार हुन्, क्याम्पस कमिटी सचिव राजकुमार रोका ।
आगामी चैत ५ गते देशभरका त्रिविका आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदैछ जसका लागि विद्यार्थी नेताहरूको दौड्धुप समेत बढेको छ । स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन्, बानेश्वर क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।
बानेश्वर क्याम्पसमा ४ राजनैतिक विद्यार्थी संगठन सक्रिय रहेका छन् । देशकै ठुलो र शक्तिशाली संगठन अनेरास्ववियु पनि बानेश्वर क्याम्पसमा स्ववियु निर्वाचनको लागि तिब्र तयारीमा लागेको छ । बानेश्वर क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि ३ जना प्रतिस्पर्धामा रहेका छन् । प्रतिस्पर्धामा अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य तथा क्याम्पस इन्चार्ज विष्णु सिंह, क्याम्पस कमिटी उपाध्यक्ष इन्द्र सिंह ठकुरी र क्याम्पस कमिटी सचिव राजकुमार रोका रहेका छन् । तीन स्ववियु सभापतिका दाबेदार मध्ये राजकुमार रोकाले भने विद्यार्थीहरुबीच चर्चाको शिखर चुमिरहेका छन् ।
लामो समय देखि बानेश्वर क्याम्पसमा विद्यार्थी हकहितका लागि निरन्तर आवाज उठाउने रोका नेतृत्वमा पुग्ने योजनामा छन् ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेका रोका रामेछापका हुन ।





