निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ ।
निर्वाचन हुने भन्दा अघिल्लो दिन आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख छ ।
यस्ता गतिविधि गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । बिहीबार विज्ञप्ति निकालेर मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न प्रतिबन्ध रहेको उल्लेख गरेका छन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।
उपराष्ट्रपति चुनावमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालबाट समेत मत माग्न रोक लगाइएको छ ।






