Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्म खस्यो ४२१ मत


सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान १२ः११ बजेसम्मको मतदानमा ४ सय २१ मत खसेको छ ।

सो समयसम्म सङ्घतर्फ १६१ र प्रदेशतर्फ २ सय ६० मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार