Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

काठमाडौं महानगरविरुद्ध सुकुम्बासीहरुको आन्दोलन


भूमि अभियान्तामाथि लगाइएको झुठो मुद्धा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्वासीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

भूमि अभियान्तालाई निसर्त रिहाई गर्नुपर्ने र झुठो मुद्धा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले आफुहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नारावाजी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार