Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

एमालेले सरकार छाडेपछि देशको भुगोल प्रचण्ड र शेरबहादुरले खुम्च्याएको ओलीको आरोप


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल घटेको बताएका छन् । एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा उनले प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाएका हुन् ।

‘नेकपा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोल अलिकति सानो भो, सीमा मिचियो’ ओलीले भने, ‘मैले प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरुले अलिकति खुम्च्याए । अलिकति उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’


प्रतिक्रिया दिनुहोस !
विचार