Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

चितवनको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुन्छः प्रचण्ड


Prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको क्रिकेट रंगशालाको समस्या दुईसाताभित्रै समाधान हुने बताएका छन् ।

बिहीबार चितवनस्थीत भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले रंगशालाको समस्या दुई सातामा हल हुने बताएका हुन् । उनले रंगशालामा रहेका समस्या हल गर्ने जिम्मा सरकारले लिने जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले थोरै मन्त्रालय मिलाउन बाँकी रहेकाले छिटै मन्त्रीपरिषद् विस्तार हुने जानकारी दिए ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गर्न लागिएको हो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
विचार