Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

रमेश खरेल रास्वपाबाट बारा २ मा उपचुनाव लड्ने


गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा काठमाडौं १ बाट पराजित रमेश खरेल बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।

रास्वपाको आन्तरिक प्रतिस्पर्धामा अन्य उम्मेदवारले रमेश खरेललाई समर्थन गरेपछि उनी पार्टीबाट निर्विरोध उम्मदवार बनेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बारा २ मा खरेलसँगै युवराज न्यौपाने रास्वपाबाट उम्मदवार बन्न दाबेदार थिए ।

बारा २ मा उठ्न लागेका खरेल मंसिरको चुनावमा काठमाडौं १ मा पाँचौ भएका थिए । उनी मंसिरमा नेपाल सुशासन पार्टीबाट उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार