Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सुरु


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल ९सफल०ले आइतबार निवेदन दर्ता गराएका थिए ।

प्रहरी प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि पौडेलले रिट निवेदन दर्ता गराएका थिए ।

राहदानी दुरुपयोगजस्तो गम्भीर विषयमा मुद्दा नचलाउने निर्णय गरेर सरकारले संविधानकै उल्लङ्घन गरेको भन्दै पौडेल रिट बोकेर सर्वोच्च अदालत पुगेका थिए । आइतबार नै रिट निवेदन लिएर गएपछि सर्वोच्च अदालतले अध्ययनपछि सोमबार मात्रै उक्त रिट दर्ता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार