Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

रास्वपा अनुशासन कमिटीले लियो सांसद ढाकाराम श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन कमिटीले सांसद ढाकाराम श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान लिएको छ।

बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

प्रसाईंसँगको अडिओ एडिट गरिएको श्रेष्ठले दाबी गरेका छन्।

सांसद श्रेष्ठसँग सोधपुछ गरिएको र यसको रिपोर्ट पार्टीलाई बुझाउने अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले बताए।

‘हामीले उहाँको स्पष्टीकरण र बयानको आधारमा रिपोर्ट तयार पारेका छौं। यसबारेमा केन्द्रीय कमिटीले थप निर्णय लिन्छ,’उनले भने,’उहाँले आफ्नो अडिओ एडिट गरिएको दाबी गर्नुभएको छ। अहिलेलाई यति मात्रै भनौं।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार