घरकोे नक्सापासका लागि महानगरपालिका नै जानुपर्ने अवस्थाको काठमाडौं महानगरपालिकाले अन्त्य गरेको छ । महानगरपालिकाले १ वैशाखदेखि अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरू महानगरपालिकाका मेयर बालेन साहले जानकारी दिएका छन् ।
सामाजिक सञ्जाल मेयर साहले लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ । त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’