Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

मेरो ड्राइभरको घटनालाई राजनीतिकरण नगरिदिनुहोलाः रवि लामिछाने (भिडियोसहित)


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन्।

सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- आज बिहान प्रिय शम्भु भाइ ९मेरो गाडी चालक० छत बाट खसेर दुर्घटनामा पर्नु भयो। सिएमसीमा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भर्खरै पनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ, स्थिर छ।

उनले लेखेका छन्ः

आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । CMS ( पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ । बिहानै देखि निरन्तर र भरखरैपनि मैले चिकित्सक सँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार