व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नाङ्गै हिँडेपनि चितवनका जनताले महादेव भनेर पुज्ने बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईंले रवि लामिछानेले जे गरे पनि ठिक गरेको छ भन्ने जनतामा भ्रम रहेको बताएका हुन् ।
त्यस्तै उनले नेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् । लाखौ युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने अवस्था रहेको र उनीहरु विदेशमा अलपत्र परिरहेको उनको भनाइ छ । उनले नेपालका युवाहरु सवै विदेशमा जानुपर्ने अवस्था आएपछि यो देशको कहिल्यै विकास नहुने बताए ।
‘गाँस, बास र कपासका लागि युवाहरु विदेश जान बाध्य छन् । युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन’, प्रसाईंको भनाइ छ । उनले विदेशमा अलपत्र परेका १७० मध्ये ४२ जना आफुले नेपाल ल्याइसकेको भन्दै लघुवित्त र सहकारीको मनपरीविरुद्ध विभिन्न जिल्लामा कार्यक्रम रहेकाले साथ दिन आग्रह समेत गरे ।
उनले देशमा राज्यले काम गर्ने वातावरण नवनाएर विदेश जानुपर्ने बाध्यतामा रहेकाहरुलाई दुईवटा नागरिकता र पासपोर्ट राख्न पाउनुपर्ने बताए ।





