Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

गृहमन्त्री हुँदा रविले गरेको निर्णय खारेज


गृहमन्त्री रहँदा रवि लामिछानेले राष्ट्रिय परिचयपत्र रुजु गर्ने ठेक्का विदेशी कम्पनीलाई दिने सम्बन्धमा गरेको निर्णय मन्त्रिपरिषदले खारेज गरेको छ । राष्ट्रिय परिचय पत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रूजु गर्ने जिम्मा विदेशी कम्पनीलाई दिने निर्णय मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा फास्ट ट्रयाकबाट एड्भान्टेज इन्टरनेसनल प्रालिलाई राष्ट्रिय परिचयपत्रका विवरण रूजु गर्ने जिम्मा दिने निर्णय भएको थियो । सो निर्णयले देशको स्वाभिमान र जनताको वैयक्तिक विवरण विदेशीका हातमा पुग्ने देखिएको भन्दै व्यापक आलोचना भएको थियो । तर, रवि लामिछाने र उनी समर्थकले भने यो निर्णयको बचाउ गरेका थिए । लामिछानेको यो निर्णयमा करोडौं रुपैंंयाँ कमिसनको नियत रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने आवाज उठेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार