Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

रविका ड्राइभरलाई काठमाडौं ल्याइयो, कस्तो छ अवस्था ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी ड्राइभर दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । चितवनमा ३६ घन्टा सघन उपचार कक्षमा उपचार गरेपछि उनलाई काठमाडौं ल्याइएको हो । सभापति रवि लामिछानेका अनुसार अहिले उनको अवस्थामा स्थिर र सुधारोन्मुख छ ।

सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको रवि लामिछानेले जानकारी दिए । चितवनमा उपचार गर्ने चिकित्सकहरुलाई उनले चिकित्सक मात्र नभई साँच्चैका भगवान रहेको बताएका छन् ।

ड्राइभरलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा अत्यन्त गम्भिर तथा नाजुक स्वास्थ्य स्थीतिमा करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको तथा विरामीको स्वास्थ्य स्थीतिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सक ज्यूहरु तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट काठमाण्डौको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ ।
यस सम्वेदनशील घडिमा पुरानो मेडिकल कलेज अस्पतालले उहाँको अत्यन्त गम्भिर स्वास्थ्य स्थीतिलाई स्थिर अवस्थामा ल्याउन गर्नुभएको भरमग्दुर प्रयासको लागि सम्पुर्ण मेडिकल कलेज परिवार प्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
यस दौरान शम्भुको शिघ्र स्वास्थ्य लाभको लागि मानसिक, भौतिक तथा भावनात्मक सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरु प्रति हामी आभार व्यक्त गर्दछौँ ।
प्रिय भाइ, हामी दुबैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ,छिटो ठिक भएर फर्क मेरो भाइ । चितवन अस्पतालमा चिकित्सक होइन भगवानहरु रहेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार