Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

रवि लामिछानेबाट सिक्न कांग्रेस सांसद बडुलाई युवराज सफलको सल्लाह


युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट बोल्ने कुरा सिक्न नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई सल्लाह दिएका छन् ।

कांग्रेस सांसद बडुले युवराज सफललाई हदै सम्मको कारबाही गर्नुपर्ने भन्दै संसदमा माग गरेपछि सफलले यस्तो प्रतिकृया जनाएका हुन् । आफूले रवि लामिछानेको दोहोरो नागरिकताका विषयमा सर्वोच्च अदालतमा मुद्दा हालेर उनको सांसद र मन्त्री पद उडाइदिँदा समेत रवि लामिछानेले आफ्ना विरुद्ध नबोलेको तर, दिलेन्द्र प्रसाद बडुको नागरिकताका विषयमा गृहमन्त्रालयमा उजुरी दिने बित्तिकै सांसद बडुले आफ्ना विरुद्ध बोलेको उनको भनाई छ ।

युवराज सफलले गत सोमबार सांसद बडु सहितका १२ जना विभिन्न नेता तथा अभियन्ताको नागरिकता सम्बन्धमा गृहमन्त्रालयमा यसअघि दिएको उजुरीको छानबिन प्रगति विवरण माग गरेका थिए भने सो तथ्यहिन उजुरीले आफ्नो प्रतिष्ठामा चोट पु¥याएको भन्दै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले बुधबारको संसद बैठकमा सफलमाथि हदै सम्मको कारबाहीको माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार