Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

विश्व सम्पदा दिवसका अवसरमा ललितपुरमा हस्तकला प्रदर्शनी सम्पन्न


नेपाल सम्पदा संघले विभिन्न कार्यक्रमको आयोजना गरी विश्व सम्पदा दिवस २०२३ मनाएको छ ।

सम्पदा दिवसका अवसरमा संघले विश्व सम्पदा सूचीमा रहेको ललितपुर स्थित दरबार स्क्वायर क्षेत्रमा हेरिटेज वाक, कला प्रदर्शनी, मेला, सांस्कृतिक प्रदर्शनी, पुस्तक प्रदर्शनी , प्रवचन तथा सास्कृतिक कार्यक्रम सहित अन्य बिबिध कार्यक्रमको आयोजना गरेको हो । यही बैशाख २ गते शनिबारबाट शुरु भएको कार्यक्रम बैशाख ५ गते मंगलबार सम्पन्न भयो ।

सोही अवसरमा सम्पदा संरक्षणबाट हस्तकलाको संरक्षण र प्रवद्र्धन हुने तथा नेपाली सम्पदा र नेपाली हस्तकलाको अन्तर सम्बन्ध दर्शाउन नेपाल हस्तकला महासंघ तथा नेपाल सम्पदा संघको संयुक्त आयोजना र सहकार्यमा पाटन संग्रहालयको परिसरमा बिभिन्न बिधाका हस्तकला प्रदर्शनी तथा हस्तकला उत्पादनको जीवन्त प्रदर्शनी गरिएको थियो ।

सो प्रदर्शनीमा करिब २ हजार बिदेशी पर्यटकहरु सहित २० हजार बढीले अवलोकन गरेको अनुमान गरिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष तथा मेलाका संयोजक दिल्लीरत्न  तुलाधरले जानकारी दिए । प्रदर्शनीमा धाुतका मूर्ति, सिङ्गिग बल, सेरामिक्सका बस्तुहरु, पोतेका समानहरु, फेल्ट, चाँदीका गरगहना, नेपाली तयारी पोशाक, ढाकाका बस्तुहरु, मिथिला आर्ट लगायतका वस्तु रािखएका थिए । यस्तै उक्त प्रदर्शनीमा काष्ठकला, प्रस्तरकला, पुंकला, थोज्याः माँज्याः, मैनकला, चाँदी कला , सेरामिक्स, पौभाकला, मिथिला आर्ट, परम्परागत चित्रकला र जिवन्त चित्रकलाहरुको जीवन्त प्रदर्शनी समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार