Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

धरानका मेयर हर्क साम्पाङविरुद्ध अख्तियारमा मुद्दा !


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना विरुद्ध अख्तियारमा उजुरी परेको भन्दै आश्चर्य प्रकट गरेका छन् । मेयर साम्पाङले अख्तियारमा उजुरी परेको विषयको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराउँदै लेखेका छन् : केही वडाध्यक्षहरु अख्तियार गएर हामीले चलाइराखेको खानेपानी सहयोग अभियानको विरुद्ध मलाई उजुरी लाएछन् । साम्पाङले यो स्टाटस लेखेको २ घण्टापछि नै शुक्रबार बिहान अर्को स्टाटस पनि लेखे । उनले लेखेको अर्को स्टाटसमा भनिएको छ : ११ महिना सम्म ढुंगा बोकी बोकी ल्याइदिएको पानीले नुहाइधुवाई गरेर सुकिलो मुकिलो भएर अख्तियारमा गई हर्क साम्पाङले कानुन मिचेर पानी ल्यायो भन्दै मुद्दा हाल्नेलाई धराने जनताले के भन्छन् अब ?
धरानका मेयर हर्क साम्पाङ र वडाध्यक्षहरुकाबीचमा फेरि विवाद चर्किएपछि मेयर साम्पाङको यो स्टाटस सार्वजनिक भएको हो । यद्यपि मेयर साम्पाङका विरुद्ध कुन कुन वडाका अध्यक्षहरुले के भनेर अख्तियारमा उजुरी हालेका हुन् भन्ने विषयमा भने विस्तृत खुलाइएको छैन ।
शुक्रबार मात्रै मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको फेरि राजिनामा मागेको समाचार सार्वजनिक भएको थियो । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । शुक्रबार मेयर साम्पाङले एक विज्ञप्ती नै जारी गरेर वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार