Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Sat Aug 8 2026

बालेनलाई सर्वोच्चको आदेश : ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउनू (भिडियोसहित)


सिंहदरबारभित्रको फोहोर नउठाउने अड्डी लिएर बसेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले फोहोर तीनदिनभित्र उठाउँन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो ।

फोहोर व्यवस्थापनमा सिंहदरबारले सहयोग नगरेको भन्दै महानगरपालिकाका मेयर बालेन साहले केहीदिनअघि सामाजिक सञ्जालमा कडा स्टाटस पोष्ट गरेका थिए । देश सफा गर्नका लागि सिंहदरबारभित्रकालाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै उनले सिंहदरबारको फोहोर नउठाउने बताएका थिए । त्यसको केहीदिनपछि बालेन साहको फेरि अर्को स्टाटस पोष्ट भएको थियो । त्यो स्टाटसमा पनि उनी सिंहदरबारभित्रका नेताहरुमाथि नै खनिएका थिए । सिंहदरबार काठमाडौं महानगरपालिकाबाट अन्यत्रै सार्न चेतावनी दिँदै उनले राजधानी जहाँ सारेपनि आफूहरुलाई मतलब नभएको बताएका थिए ।

महानगरपालिकाका मेयर बालेन शाहको अडानका कारण सिंहदरबारको फोहोर नउठेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठ सर्वोच्च पुगेका थिए भने सर्वोच्च अदालतले शुक्रबार महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै फोहोर उठाउन कतिपनि ढिलाई गर्न नहुने बताएको छ । काठमाडौंको वायुमण्डल प्रदुषित हुन पुगेको र यो सहर संसारकै सबभन्दा प्रदुषितमा एकनम्बरमा आएको समाचार हामी सबैका लागि लज्जाको विषय भएको उल्लेख गर्दैै सर्वोच्च अदालतले भनेको छ, काम विषेशले हजारौँ नागरिक र सेवाग्राही दिनहुँ पुग्ने सिंहदरबार क्षेत्र लगायतका ठाउँको फोहोर नउठाएर वातावरण दिनहुँ प्रदुषित भएको, आम जनमानसलाई प्रत्यक्ष असर गरिरहेको देखिएकाले अब कत्ति पनि ढिलाई नगरि फोहोर उठाउन आदेश गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार