Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

मेयर बालेनलाई बञ्चरेडाँडाको अल्टिमेटम,अब गर्लान् के ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन निर्देशन दिएको समाचार सार्वजनिक भइरहेका बेला ल्याण्डफिल साइडका दुई पालिकाले आफूहरुका माग पूरा नभए फोहोर फाल्न नदिने चेतावनी सहितको अल्टिमेटम दिएका छन् । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाले आफूहरुसँग यसअघि भएका सम्झौता १५ दिनभित्र पूरा गर्न अल्टिमेटम दिँदै पूरा नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

काठमााडौंको फोहोर बिसर्जन गरिँदै आएको सिसडोल र बञ्चरेडाँडा यीनै पालिकामा पर्छन् । यता मेयर बालेन साहले भने सर्वोच्चको आदेश र बञ्चरेडाँडाको अल्टिमेटमपछि सामाजिक सञ्जाल फेसबुकमा अर्थ लगाउँन हम्मे पर्ने गरी घुमाउरो पाराको स्टाटस पोष्ट गरेका छन् । उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ : १० महिनादेखि शुभ समाचार दिँदैआएको महानगरपालिका । काठमाडौं महानगरपालिका । सत्य, तथ्य, इमान्दार पालिका । देशको पालिका, आफ्नै देशको जनताले बनाएको पालिका ।

आफ्नो तस्बीर सहित उनले पोष्ट गरेको यो स्टाटसको संकेत के हो भन्ने विषय भने खुट्याउन कठिन छ ।

ककनी र धुनीबेसी नगरपालिकाका प्रमुखहरुले बिहिबार अल्टिमेटम दिएका थिए भने सर्वोच्च अदालतले शुक्रबार ३ दिने समयसहितको अन्तरिम आदेश दिएको थियो । त्यसो त बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाहरुले यसअघि नै वैशाख मसान्तसम्मको समयसिमा तोकेर माग पुरा नभए जेठ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार