Logo
२३ श्रावण २०८३, शनिबार
|  Sun Aug 9 2026

चितवन–२ मा रातिदेखि नै मतगणनाको तयारी


आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ ।

सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताए ।

उनका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान बाँकी रहेकाले केही बढ्न सक्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार