Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

पूर्वराजा शुक्रबारबाट १० दिनका लागि भारत भ्रमणमा


पूर्वराजा ज्ञानेन्द्र शाह भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा १० दिनका लागि भारत जाने भएका छन् । बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन लिँदै अहिलेकै अवस्थाबाट देश अघि बढ्न नसक्ने बताएका पूर्व राजा शाह शुक्रबार १० दिने भ्रमणमा भारत निस्कन लागेका हुन् । पछिल्लो २ महिनाको बीचमा पूर्वराजा शाहको यो दोस्रोपटकको भारत भ्रमण हो ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह छोरा पारस शाह बाहेक परिवारका सबै सदस्यलाई लिएर शुक्रबार भारतको लखनऊ जाँदै छन् । पूर्वराजाको यो भ्रमणमा पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रका छोरीह? दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको बुझिएको छ । पूर्व युवराज पारस शाह भने निर्मल निवासमै रहने छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा परिवारका प्रायः सबैजसो सदस्यसहित भारत भ्रमणमा जान लागेका पूर्व राजा ज्ञानेन्द्र शाहले १० दिन नै लखनउमा बिताउँने हुन् या उनको भ्रमण भारतका अन्य क्षेत्रमा पनि रहनेछ भन्ने विषय भने सार्वजनिक भएको छैन । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको निमन्त्रणामा यसअघि पनि पूर्व राजा शाह भारत भ्रमणमा धेरैपटक गएका छन् । तर, यसपटकको उनको भारत भ्रमणलाई भने निकै महत्वका साथ हेरिएको छ । नेपालका विभिन्न सहरमा नागरिक अभिनन्दनमा सहभागी हुँदै आएका शाहको आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा राजनीतिक दलका शीर्ष नेताह?ले उनको व्यापक आलोचना गरेका छन् । पूर्वराजा शाह र उनी पक्षधरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्तका छाउरा भनेका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले अज्ञानी, फटाहा र बुद्धि नभएका भनी आक्रोश पोखेका छन् । तर, बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन लिएका पूर्व राजा शाहले भने शीर्ष नेताह?को त्यो टिप्पणीबारे कुनै प्रतिकृया जनाएनन् ।  उनले पञ्चायतकालिन व्यवस्था र त्यससमयमा भएका विकास निर्माणका कामको चर्चा गर्दै अहिलेकै व्यवस्थाले देशको विकास नहुने जिकिर गरे ।

अघिल्ला वर्षह?मा विभिन्न सन्दर्भ पारेर शुभकामना सन्देश दिने गरेका शाह केही महिनायता भने सार्वजनिक कार्यक्रममा सक्रिय हुन थालेका छन् । पूर्वराजा शाहको यो सक्रियताले ठूला राजनीतिक दलका नेताह?लाई झस्काएको छ । ठूला राजनीतिक दलका नेता मध्ये केहीले पूर्वराजाको यो सक्रियतालाई प्रेतात्मा सक्रिय भएको भन्दै कडा टिप्पणी गर्ने गरेका छन् । पूर्वराजाको सक्रियताप्रति विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असहिष्णु बनेका हुन् । उनीह? मध्ये प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाको चुरीफुरी अन्त्य गरिदिने चेतावनी दिएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजाको सक्रियताप्रति असन्तुष्टि जनाउँदै पुरानो हिसाबकिताब खोज्न नपरोस् भनेका छन् । पूर्वराजालाई राजनीति गर्ने भए दल खोलेर मैदानमा आउन चेतावनी दिन समेत ठूला राजीतिक दलका नेताह?ले भ्याइसकेका छन् ।

त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले पनि ठूला राजनीतिक दलका नेताह?लाई सिधै त्यस्तो केही भनेका त छैनन् तर, अहिलेको व्यवस्थाप्रति भने कडा अभिव्यक्ति दिन थालेका छन् । पूर्व राजा शाहले अहिलेको व्यवस्थाले देश उभो लाग्न नसक्ने बताउँदै अब मौन बस्न नसक्ने बताइसकेका छन् । विशेषगरी पूर्वराजा शाह गएको दशैंबाट कडा बन्न थालेका हुन् । दशैंयता उनका सन्देशमा अहिलेको व्यवस्थाप्रति व्यापक असन्तुष्टी देखिन्छ । गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा उनले जारी गरेको सन्देशमा मौन रहन नसकिने कुरा उल्लेख थियो भने बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन लिँदै उनले पञ्चायतकालिन व्यवस्थाको प्रशंसा गरेका थिए । प्रष्ट ?पमा पञ्चायत ठिक थियो भनेर नभनेपनि पञ्चायतकालमा भएका विकास निर्माणको प्रशंसा गर्नुलाई धेरैले पञ्चायती व्यवस्थाको पूर्वराजाले वकालत गरेको ?पमा अथ्र्याएका थिए ।

पञ्चायतकालिन व्यवस्थाको प्रशंसा गरेकै पर्सीपल्ट पूर्वराजा शाह भारत जान लागेपछि यसले राजनीतिक वृत्तमा भने तरंग ल्याएको छ । विजेपीका नेता समेत रहेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणलाई कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै निमन्त्रणाका ?पमा बुझेका छन् । भारतले पूर्वराजालाई पछिल्ला वर्षमा यति धेरै महत्व दिनुको पछाडि नेपालमा राजसंस्था फर्काउँने भारतको भित्री योजना रहेको ?पमा बुझ्ने पनि धेरै छन् । तर, अधिकांशको बुझाई भने भारत नेपालमा राजसंस्था फर्काउन भन्दा पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन चाहन्छ भन्ने रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार