गायक तथा संगितकार टम्पशेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि सांगितिक क्षेत्रमा रहेका राईको ‘उनको याद’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो ।
टम्पशेर राईको शव्द, संगित र स्वरमा रहेको म्युजिक भिडियो देवदत्त क्रियसन युटुव च्यानलमा हेर्न सकिन्छ । आमोस तामाङले एरेन्ज गरेको उक्त गितको भिडियोमा एक प्रेम जोडिले जन्मदिनको अवसरमा आफ्नो प्रेमीलाई मायाँको चिनो रातो पछेउरी दिएको देखिन्छ । समय बित्दै जाँदा ती प्रेम जोडि एक आपसमा बिछोडिएको दुश्य आउँछ । दृश्यको अन्त्यमा एक अर्कामा बिछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ ।
यसअघि पनि दर्जनौं गीत सार्वजनिक गरिसकेका राई सांगितिक क्षेत्रमा लोकप्रिय मानिन्छन् । उनी यो क्षेत्रमा आउनुअघि बिभिन्न रेडियो, पत्रपत्रिका तथा अनलाईनमा कार्यरत थिए ।





