Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

प्रहरीले ‘जरुरी पुर्जी’ थमाएर पक्राउ गरेको थियो खाँणलाई


प्रहरीले जरूरी पुर्जी थमाएर पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो।

यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए।

उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर बुधबार पक्राउ गरेको हो।

खाणको पक्राउबारे प्रहरीले अहिले थप प्रक्रिया अघि बढाइसकेको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ।

‘टोपबहादुर रायमाझीझैं फरार हुन सक्ने भएकाले जरूरी पुर्जी दिएर पक्राउ गरिएको हो, अहिले थप प्रक्रियाका लागि गइसकेका छौं, अब अनुसन्धान अगाडि बढ्छ,’ उच्च प्रहरी स्रोतले भन्यो।

कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार