Logo
२३ श्रावण २०८३, शनिबार
|  Sat Aug 8 2026

घरको ढोका तोडेर खाँणलाई पक्राउ गरेको होः प्रहरी अधिकृत


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घरमा प्रहरीले बुधवार बिहानैदेखि टोली खटाएको थियो।

चाबहिलस्थित मैजुबहालको घरमा खाँण रहेको एकिन भएपछि प्रहरी अधिकृतहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीलाई खबर गरे । वरिष्ठ उपरीक्षक केसी घटनास्थलमा पुगेपछि बालकृष्ण खाँणलाई पक्राउ गर्न प्रहरी घरमा प्रवेश गरेको थियो । खाँण पत्नी मञ्जुसँग भिडियो कलमा कुराकानी गर्दै थिए ।

नरेन्द्र केसीलाई प्रहरीले पहिले नियन्त्रणमा लियो । नरेन्द्रलाई पक्राउ गरेपछि खाणले ‘दुई मिनेट है, फोन गर्छु’ भनेर ढोका थुने । तर, निकै बेर खोलेनन् । निकै बेर ढोका नखुलेपछि प्रहरीले ढोका नै तोडेर उनलाई नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले भने – ‘ढोका फुटाएर पक्राउ गरेका छौँ, खाँण र प्रहरीबीच केहीबेर तानातान समेत भएको थियो ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार