नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज उठिरहेका बेला महामन्त्री गगनकुमार थापाले यो प्रकरणमा मुछिएकाहरुलाई पार्टीले बोक्न नसक्ने बताएका छन् । मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै उनले बालकृष्ण खाँणको नाम नलिई उनलाई निलम्बन गर्नुपर्ने धारणा पुनः दोहो¥याएका हुन् ।
थापा पक्षधर विद्यार्थी तथा नेताहरुले बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने भन्दै सडक प्रदर्शन समेत गरिरहेका बेला महामन्त्री थापाको यस्तो धारणा आएको हो । उनले निकालेको विज्ञप्तीमा भनिएको छ :
‘पार्टीका कतिपय साथीहरूबाट नेपाली कांग्रेसको यस्तो परम्परा नभएको भन्ने विचार पनि आएका छन् । यसमा पनि म प्रष्ट छु गलत परम्परा तोडिनुपर्छ । परम्पराका नाममा घातक प्रवृत्तिलाई पार्टीले बोक्न सक्दैन, बोक्नु हुँदैन’





