Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

रेशम चौधरीको रिहाईको माग गर्दै नेपाल बन्दको घोषणा (भिडियोसहित)


नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाईको माग गर्दै नेपाल बन्द सहितका कार्यक्रमको घोषणा गरेको छ । सर्वोच्च अदालतको मंगलबारको फैसलापछि रुष्ट बनेको उन्मुक्ति पार्टीले रेशम चौधरीलाई रिहा नगरे नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको हो । उसले तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने समेत घोषणा गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्धा राजनीतिक भएपनि राज्यले फसाएको बताएको हो ।

जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दको घोषणा गर्दैै उन्मुक्ति पार्टीले त्यसअघि राँके जुलुस सहितका कार्यक्रम गर्ने जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरे । यी माग तत्काल पुरा नभए संघर्षका कडा भन्दा कडा कार्यक्रम घोषणा गर्ने जानकारी दिए । टिकापुर घटना अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा उनको जोड थियो ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको निर्णयको विरोधमा नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रमको घोषणा गरेपनि जेलमा रहेका रेशम चौधरीले भने अदालतको निर्णय स्वीकार गर्ने बताएका छन् । उनले जारी गरेको हस्तलिखित विज्ञप्तीमा भनिएको छ; हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै सामाजिक सञ्जालमा जे पायो त्यही जथाभावी पोष्ट नगर्न समेत अनुरोध गर्दछु ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार