प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । संसद बैठक सुरु हुनुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
आज ११ बजे सुरु हुने भनिएको संसद बैठक अहिलेसम्म सुरु हुन भने सकेको छैन ।
संसद बैठकमा सांसदहरुसँग प्रधानमन्त्रीको सवाल जवाफ गर्ने कार्यसुची सार्वजनिक भएपछि २० जना भन्दा बढी सांसदहरुले आफ्नो नाम टिपाएका थिए । तर, आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५ जना सांसदहरुको प्रश्नको जवाफ दिने उल्लेख छ ।





