Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

अझै सुरु भएन संसद बैठक


samsad bhawan

आज ११ बजे बस्ने भनिएको संसल बैठक १ बज्दा पनि सुरु हुन सकेको छैन ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुले सिधा प्रश्न गर्ने कार्यसुची रहेको भनिएको संसद बैठक अझै सुरु हुन नसकेको हो ।

आज प्रधानमन्त्रीसँग सिधा सवालजवाफ हुने भनेपछि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको थियो । संसद बैठक अघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।

संसद बैठकमा सांसदहरुसँग प्रधानमन्त्रीको सवाल जवाफ गर्ने कार्यसुची सार्वजनिक भएपछि २० जना भन्दा बढी सांसदहरुले आफ्नो नाम टिपाएका थिए । तर, आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले १५ जना सांसदहरुको प्रश्नको जवाफ दिने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार