अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा जोड दिने बताएका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत भएपछि शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री महतले इमान्दार भएर सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने र परिणाम आउने बताएका हुन् ।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले कार्यान्वयनको अवस्थाका बारेमा प्रष्ट रुपमा नआएपनि नीतिगत र सैद्धान्तीक कुरा राम्रो भएको बताउनुभयो । संसद र सरकार मिलेर कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।





