Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

रविको राहदानीले फेरि तरंग, सर्वोच्चमा पुग्यो यस्तो जवाफ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्साबारे आफूलाई थाहा नभएको आशय सहितको जवाफ काठमाडौं जिल्ला प्रशासनले सर्वोच्च अदालतलाई दिएपछि फेरि रवि लामिछानेको राहदानी प्रकरणले नयाँ तरंग सिर्जना गरेको छ । रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा आफ्नो कार्यालयसँग सम्बन्धित नभएको जवाफ काठमाडौं जिल्ला प्रशासनले सर्वोच्च अदालतमा पठाएपछि यसले नयाँ तरंग सिर्जना गरेको हो ।

सर्वोच्च अदालतले गत वैशाख २७ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र पठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन भनेको थियो । तर, काठमाडौंँ जिल्ला प्रशासनले अदालतको पत्रको जवाफ दिँदै राहदानी त्यागसम्बन्धी निस्सा आफ्नो कार्यालय सम्बन्धि नरहेको उल्लेख गरेको छ ।

यसैबीच रवि लामिछानेले त्यागेको भनिएको अमेरिकी राहदानीको निस्साका विषयमा अध्यागमन विभागले पनि सर्वोच्च अदालतलाई जवाफ पठाएको छ । यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाइएको र सो अदालतमै रहेको अध्यागमन विभागले उल्लेख गरेको छ । तर, सो सक्कल फाइलमा लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए नभएको भन्नेबारे भने अध्यागमन विभागले केही उल्लेख गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार