Logo
२१ श्रावण २०८३, बिहीबार
|  Thu Aug 6 2026

सांसदहरुका प्रश्नको सामना गर्दै प्रस्तावित प्रधानन्यायाधीश कार्की


प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार बिहानैबाट सांसदहरुको प्रश्नको सामना गरिरहेका छन् । बिहान ८ बजेबाट संसदको सुनुवाई समितिमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सांसदहरुले जग्गा हडपेको भन्ने विषदेखि लिएर अदालतभित्रको भ्रष्टाचार सम्मको विषयमा प्रश्न तेस्र्याका छन् ।

अदालतभित्र भ्रष्टाचार छ भन्ने कुरा कार्की आफैंले यसअघिको एउटा प्रतिवेदनमा उल्लेख गरेको सन्दर्भ कोट्याउँदै सांसदहरुले अदालतभित्रको भ्रष्टाचारका विषयमा योजना समेत मागेका छन् ।
संसदीय सुनुवाई गरेर संवैधानिक निकायका प्रमुखहरु नियुक्त गर्ने संवैधानिक प्रावधान अन्तर्गत प्रस्तावित प्रधानन्यायाधीशको सार्वजनिक सुनुवाई भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार