Logo
१८ आश्विन २०८३, आईतवार
|  Sun Oct 4 2026

मैले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र जागेको छ


 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले  आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए । अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार