Logo
२०८१, २० बैशाख बिहीबार
|  Thu May 2 2024

नेविसंघले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयमा उप-प्राध्यापक पदको परीक्षा स्थगित


 नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगले नेविसंघको तालाबन्दीको कारण २१ गतेदेखि हुने भनिएको उप-प्राध्यापक तथा वरिष्ठ प्रशिक्षक पदको परीक्षा स्थगित गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै नेविसंघले गत ९ गतेदेखि सेवा आयोगको कार्यालयमा ताला लगाएको र लिखित परीक्षासँग सम्बन्धित आवश्यक कागजात कार्यालयभित्र रहेको कारण अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

आयोगले २०७८ साल चैत १६ गते उप–प्राध्यापक र २०७९ साउनमा बरिष्ठ प्रशिक्षक पदको विज्ञापन गरी बिहीबारदेखि लोक सेवा आयोग अनामनगर, काठमाडौंमा हुने जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार