Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित


तिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । शुक्रबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमालेले अवरोध गर्ने भएपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

शुक्रबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरणा बनाउन दलहरुलाई आग्रह गरेकाक छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार