Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

धूपबत्ती बाल्दैमा गठबन्धन भत्किँदैन : मन्त्री ज्वाला


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सत्तारुढ गठबन्धन कसैले चाहँदैनमा नभत्किने दाबी गरेका छन् ।

जनकपुरधाममा  आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले गठबन्धन ढलोस् भनेर कसैले धूपबत्ती बाल्दैमा नढल्ने बताएका हुन् ।

प्रतिगमनविरुद्ध सडकदेखि अदालतसम्म लडेका शक्तिहरूको गठबन्धन ढाल्ने सपना नदेख्न भन्दै उनले भने, ‘यो कसैले गठबन्धन ढलोस् भनेर चाहँदैमा, धूपबत्ती गर्दैमा गठबन्धन ढल्दैन ।


प्रतिक्रिया दिनुहोस !
विचार