Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

संसदमा गोकुल बाँस्कोटाले भने– गुठीसँग सम्बन्धित् जग्गाहरुको समस्या समाधान गर


 प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित् जग्गाहरुमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले देशभर गुठीसँग सम्बन्ध् िजग्गाहरुमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गरेका हुन् ।

वर्षौंदेखि जमिन जोतिरहेकाहरुको आफ्नो नाममा जग्गा आउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले भने, ‘देशैभरी गुठीसँग सम्बन्धित् समस्या छ । जसले जमिन जोतिरहेको छ, वर्षौदेखि, पुस्तौँ पुस्तादेखि तिनका नाममा बाबु, बराजु सबै बितिसके । आज पनि उनको जमिन दर्ता हुन सकेको छैन ।’


प्रतिक्रिया दिनुहोस !
विचार