Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

कमल थापाको उद्घोषः अबको गन्तव्य ‘संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्य’


राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य ूसंघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यू भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिबर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत ब्यक्त गरे ।

मुलुकको सम्पुर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचार रुपि महारोगले मुकुकको सबै अङ्गलाई क्षतबिक्षत पारेको समेत बताए । बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिबर्तनको डढेलोबाट मुकुक आक्रान्त भएको चर्चा गर्दै थापाले  न्यायालय जस्तो पबित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानू बिडम्बनापुर्ण भएको बिचार ब्यक्त गरे ।

थापाले काण्डै काण्डको पिरामिड माथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानू ढिला गर्न नहुनेमा जोड दिए ।

भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरुको आयोजनामा बिरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासंघ (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार