Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

रास्वपा उपसभापति अर्याललाई धम्की दिने व्यक्ति पक्राउ


राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको आरोपमा खोटाङका विजय कालिकोटेलाई पक्राउ  गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

गत १९ असारमा मोबाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई ज्यान मार्ने धम्की दिएको कालिकोटेमाथि आरोप लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार