Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

त्रिदिवसिय टी २० सिरिजको उपाधी नेपाललाई, नेदरल्याण्ड्स १४२ रनले पराजित


त्रिदिवसिय टि २० सिरिजको उपाधी नेपालले जितेको छ । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी २० सिरिजको उपाधि जितेको हो ।
कुशल भुर्तेलसँगै कुशल मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७।२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्समाथि हात पारेको १४२ रनको जित टी(२० अन्तर्राष्ट्रिय नेपालको कीर्तिमानी जित हो । यसअघि नेपालले १३औं सागमा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।
नेपालले घरेलु मैदानमा ११ वर्षपछि जितेको यो पहिलो उपाधि हो । यसअघि सन् २०१० मा नेपालमै भएको आईसीसी डिभिजन फाइभको उपाधि नेपालले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार