Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

गगनलाई मोहन बस्नेतको प्रश्न : मलाई हराउँन लागेको होइन ?


नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा व्यापक आलोचना खेपिरहेका छन् । बैठकको पूर्व सन्ध्यामा सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाटै हटाउँने चेतावनी दिएका थापा केन्द्रीय समिति बैठक शु? भएयता निरन्तर आलोचनाको केन्द्रमा छन् ।

दुईदिनअघि सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी केन्द्रीय सदस्य आरजु राणा थापाप्रति आगो बनेकी थिइन् । त्यस आसपासमा पनि गगन थापाको आलोचना भइरहेको थियो । आइतबारको बैठकमा त स्वास्थ्य मन्त्री समेत रहेका केन्द्रीय सदस्य मोहन बस्नेत थापामाथि यसरी खनिए कि उनी बोलेको सुनेर स्वयं कांग्रेस सभापति शेरबहादुर देउवाले नै बैठक लाइभ भइरहेको छ है भनेर सम्झाउनुपरेको थियो । मोहन बस्नेतले बोल्ने क्रममा गगन थापाको नाम लिएनन् । तर, नाम नै नलिई गगन थापामाथि सिधा सिधा ?पमा उनले यति धेरै शब्दवाण बर्साए कि ती शब्दले गगन थापा र उनी पक्षधरह ? मुखामुख गरेर बस्न बाध्य भए ।

सार्वजनिक कार्यक्रमह?मा पार्टी सभापतिको चर्को आलोचना गर्दै आएका महामन्त्री गगन थापालाई स्वास्थ्य मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले सिधै भने : मलाई हराउँन तपाईँह? लागिपर्नुभएको थियो । सिन्धुपाल्चोक क्षेत्र नं २ मा मोहन बस्नेतलाई पठाइदिएपछि उ कन्फर्म हार्छ भन्ने तपाईँह?लाई लागेको थियो । तर, तपाईँह?को दुर्भाग्य मैले जितेर आएँ । ‘माओवादीका अग्निप्रसाद सापकोटा नलड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र नं १ मलाई किन दिइएन ? हामीलाई दिनुपर्छ भनेर क कसले बोल्नुभयो ?,’ उनले भने, ‘हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन ? तर, मैले जितेपछि त देख्नुभयो नि । मेरो क्षमता ।

उनले गगन थापाको नाम नलिई थापातर्फ इंगित गर्दै भने, पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेका छन् । बैठकमा आक्रोशित ?पमा प्रस्तुत भएका बस्नेतले भने, ‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्, हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के के अवसर लिए । त्यो सबैलाई थाहा छ । सभापति देउवा र देउवा पत्नी आरजु राणाले पार्टी सिध्याउँने भए भनेर कोकोहोलो गर्दै पार्टीका नेताह? हिँड्ने गरेको भन्दै उनले अनुशासनहिन अभिव्यक्तिले चाहिँ पार्टी सिद्धिने बताए । हल नै थर्कनेगरी आत्रोशित ?पमा बोलेका बस्नेतले भने, ‘दाइ(भाउजूले टिकट बाँड्छन् भन्ने ? यो कसलाई भनेको ? ‘ठूला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको ?

मौका पाउँदा सबैले गुटबाट फाइदा लिएको उनको दाबी थियो । पार्टी सभापति शेरबहादुर देउवा र अहिलेको गठबन्धनको आलोचना नगर्न घुमाउरो ?पमा चेतावनी दिँदै उनले गठबन्धनकै कारण धेरैले चुनाव जितेको बताए । गठबन्धनबारे ठूला कुरा गर्ने नेताह?ले आलोचनाका लागि आलोचना मात्र गरेको आरोप लगाए । उनले भने, ‘पहिले माओवादी र एमाले मिल्दा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न सकेन भन्ने । अहिले गठबन्धन गर्दा गठबन्धनको विरोध गर्ने ‘गठबन्धन नगरेको भए क कसले चुनाव जितेर आउँथे ?


प्रतिक्रिया दिनुहोस !
विचार