Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

सुन प्रकरणमा राज्यसत्ताका व्यक्ति सामेल हुन सक्छन्ः चित्र बहादुर केसी


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताएका हुन् ।

केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आखाँमा छारो हाल्न नपाईने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे । चीन , भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानविन गर्नुपर्ने उनको भनाइ छ ।

अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानविन हुनुपर्ने र कोहि दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार