Logo
१९ श्रावण २०८३, मंगलवार
|  Tue Aug 4 2026

राष्ट्रियसभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन प्रकरणको छानबिनका लागि सरकार र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समिति गठन गर्नुपर्ने बताए । उनले उक्त प्रकरणमा यसअघि गठन गरिएको समिति प्रति आपत्ती जनाए । त्यस्तै दाहालले विमानस्थलको सुरक्षा र भन्सारको सुव्यवस्थाका सम्बन्धमा गृहमन्त्री र अर्थमन्त्रीले सदनमा जवाफ दिनुपर्ने समेत बताए । उनले विमानस्थलबाट सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्री, विमानस्थलका प्रमुख र भन्सारका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए । सुन बाहिरिएको दिन विमानस्थलको भन्सार र प्रहरी प्रमुखहरु बिदामा बसेको भन्दै उनले यसमा हुनसक्ने सेटिङमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

उले पटक पटक भन्सारबाट सुन तस्करी भइरहेको भन्दै गम्भीर बिषयमा सरकारले ध्यान दिन नसकेको आरोप पनि लगाए ।


प्रतिक्रिया दिनुहोस !
विचार