Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्छः बद्री पाण्डे


नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले मुलुकमा लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघले बिहीबार भक्तपुरमा आयोजना गरेको सार्वजनिक तथा निजी क्षेत्र श्रम बजार अधिकार, चूनौति र आगामी कार्यदिशा बिषयक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै पाण्डले विश्वासको वातावरण नहुदा मुलुकमा प्रयाप्त लगानी भित्रन नसकेको र स्वदेशमा पनि पुजी परिचालन हुन नसकेको भन्दै लगानीका लागि विश्वासको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

स्वदेशमा लगानी गर्ने, नागरिकलाई स्वेदशमा नै अवसर प्रदान गर्ने लगाएतका बिषयमा ठूलो दलको हैसियतले कांग्रेस जिम्मेवार हुनुपर्ने उनले बताए । पाण्डेले नीति महाधिवेशनले गर्ने कामहरु गर्ने गरी महासिमितको बैठक बोलाइएको भन्दै बिभिन्न नीति पारित गर्दै पार्टीलाई आन्तरिक रुपमा नै बलियो बनाउनुपर्ने धारणा राखे ।

उनले पार्टीलाई सहि दिशा दिदै तीनै तहको सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार