
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले माइकिङ गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘राप्रपाको कार्यालय आइतबारसम्म हटाउनुपर्ने भनेका छौं, निर्णय अटेर गरेमा महानगरपालिकाले आफैं भत्काउनेछ,’ पाण्डेले भने । महानगरपालिकाले १३ असोज २०७९ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो ।
‘अघिल्लो वर्ष हटाउने निर्णय प्रक्रियामा रहेकोले सूचना टाँसेर माइकिङ गरेका थियौं, यो पटक भने निर्णय नै भइसकेको छ,’ पाण्डेले भने ।