Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थीर छ । आज चाँदी सोमबारकै मूल्य अनुसार १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार