Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

राप्रपामा कुटाकुट, राजेन्द्र लिङदेन हिँडे लगत्तै बबाल


राष्ट्रिय प्रजातन्त्र पार्टीमा कुटाकुट भएको छ । शनिबार राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजको कार्यक्रम सकिए लगत्तै त्यहाँ कुटाकुट भएको हो । राजधानीको एस आर बैंक्वेटमा शनिबार राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजको कार्यक्रम थियो । उक्त कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन प्रमुख अतिथि थिए भने राप्रपाको बागमती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापा विशेष अतिथि थिए ।

प्रमुख अतिथि, विशेष अतिथि लगायतले बोलेपछि कार्यक्रम सौहार्दपूर्ण रुपमै सकिएको थियो । औपचारिक कार्यक्रम सकेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरु हिँडे । त्यसपछि बाँकी रहेका नेता कार्यकर्ताहरुकाबीचमा दोलखा राप्रपाको आन्तरिक विवाद टुंग्याउँन भन्दै अनौपचारिक बैठक बस्यो । अनौपचारिक छलफलका क्रममा नेता कार्यकर्ता बीच बढ्दै गएको विवाद हातपातको स्थितीमा पुगेको हो ।

घटनामा राप्रपाका दुई जना कार्यकर्ता घाइते भएको बुझिएको छ । घाइतेहरुको दिर्घायु अस्पतालमा उपचार भइरहेको छ । दोलखा राप्रपाका अध्यक्ष राजनबहादुर शिवाकोटी पक्षधरले घटनामा राप्रपाका सहायक प्रवक्ता प्रविण थोकर, नवराज खडका लगायतका कारण परिस्थिती बिग्रिएको आरोप लगाएको छ । तर, राप्रपा सहायक प्रवक्ता प्रविण थोकरले भने त्यस्तो केही नभएको बताए । यसबारे आजको प्रेस डटकमले राप्रपाका जिल्ला तह र केन्द्र तहका विभिन्न नेतासँग सम्पर्क गर्दा अधिकांश नेताहरुले घटना भएको स्विकारे पनि विस्तृत बोल्न चाहेनन् ।

राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजका अध्यक्ष होम आपागाईँ केसीले दुखद परिस्थितीको सिर्जना भएको भन्दै घटनामा दोषी को भनेर अहिल्यै भन्न नसकिने बताए । उनले भने, ‘ घटनाका बारेमा अहिल्यै म विस्तृत केही भन्न सक्दिनँ । तर, जे भयो त्यो असाध्यै नराम्रो भयो । ’

प्रप्त जानकारी अनुसार विवाद बढ्दै जाँदा राप्रपाकी सांसद मोनिका श्रेष्ठमाथि पनि केही कार्यकर्ता खनिएका थिए । यसबारे श्रेष्ठको प्रतिकृया लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।


प्रतिक्रिया दिनुहोस !
विचार