Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

चीनमाथि अमेरिकाकाे एक्सनः संवेदनशील प्रविधिमा अमेरिकामा गर्ने लगानी माथी प्रतिबन्ध


चीनविरुद्ध ठूलो कदम चाल्दै अमेरिकाले एक कार्यकारी आदेश जारी गरेको छ ।

यस आदेश अन्तर्गत चीनको कम्प्युटर चिप्स जस्ता संवेदनशील प्रविधिमा उसको लगानीलाई प्रतिबन्ध लगाइएको छ। यस बहुप्रतिक्षित निर्णय अन्तर्गत अमेरिकी अर्थ सचिवलाई चीनको तीन क्षेत्रमा अमेरिकी लगानी प्रतिबन्ध वा सीमित गर्ने अधिकार दिइएको छ। यी तीन क्षेत्रहरू सेमी कन्डक्टर र माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम सूचना प्रविधि र विशेष प्रकारका कृत्रिम बुद्धिमत्ता रहेका छन् ।

यस आदेशले चीनले विकसित गरेको प्रविधिको विकासमा सहयोग गर्ने अमेरिकी लगानी र विशेषज्ञतालाई रोक्छ, जसले गर्दा चीनले आफ्नो सेनालाई आधुनिकीकरण गर्न यो संवेदनशील प्रविधि प्रयोग गर्न सक्दैन। यस आदेश अन्तर्गत अमेरिकी निजी इक्विटी, भेन्चर क्यापिटल, संयुक्त उद्यम र ग्रीनफिल्ड लगानीले चीनको संवेदनशील प्रविधिसँग सम्बन्धित कम्पनीहरूमा लगानी गर्न पाउने छैनन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक पत्रमा कांग्रेसलाई भनेका छन् कि, चीन जस्ता देशहरूले संवेदनशील टेक्नोलोजी र यसका उत्पादनहरूको विकास रोक्न राष्ट्रिय आपतकाल घोषणा गरिरहेका छन्। यी प्रविधिहरू महत्त्वपूर्ण सैन्य, गुप्तचर निगरानी र साइबर क्षमताहरूसँग जोडिएका छन्।

धेरै चिनियाँ कम्पनीहरू आजकल त्यस्ता सफ्टवेयर डिजाइन गर्ने दिशामा काम गरिरहेका छन्, जसको मद्दतले कम्प्युटर चिप्स र अन्य उपकरणहरू बनाउन सकिन्छ। अमेरिकी सरकारको यो आदेशले यी कम्पनीहरूमा लगानीमा प्रतिबन्ध लगाउने छ। अहिले अमेरिका, जापान र नेदरल्याण्ड जस्ता देशहरु सेमी कण्डक्टर वा कम्प्युटर चिप्सका प्रमुख उत्पादक हुन् तर सेमिकण्डक्टरको रणनीतिक महत्वलाई ध्यानमा राख्दै चीनले पनि घरेलु स्तरमा यो प्रविधिका लागि काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार