Logo
१४ असार २०८३, आईतवार
|  Sun Jun 28 2026

२४ तोला सुनसहित एक महिला पक्राउ


 पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।

काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका–१ कि  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो ।

स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार